राष्ट्रको सर्वाङ्गीण विकासको पूर्वाधार नै विज्ञान र प्रविधि हो । देश विकासको लागि महत्वपूर्ण पाटोका रूपमा रहेको विज्ञान र प्रविधिसँग सम्बन्धित विज्ञहरूको बारेमा जानकारी उपलब्ध हुनु आजको आवश्यकता हो । बदलिँदो परिस्थिति अनुसार राष्ट्र निर्माणका सन्दर्भमा चाहिने आवश्यक नेपाली विज्ञहरू स्वदेश वा विदेशमा हुन सक्छन् । यसै सन्दर्भलाई दृष्टिगत गरी यस प्रज्ञा–प्रतिष्ठानले नेपाल सरकारको आवश्यकता अनुसार विज्ञ जनशक्तिको बारेमा तत्काल जानकारी सहज तरिकाले उपलब्ध गराउने उद्देश्य सहित विज्ञान तथा प्रविधि विषयमा विद्यावारिधि गरेका विज्ञहरूको तथ्याङ्क संकलन गरी सन् २०२० मा Who is Who in Science, Technology and Innovation of Nepal (PhD Directory) प्रकाशन गरिसकेको छ । यसै कार्यलाई निरन्तरता दिदै प्रज्ञा–प्रतिष्ठानले यसको दोस्रो संस्करण एवं विज्ञान तथा प्रविधिको क्षेत्रमा स्नातकोत्तर गरेका व्यक्तिहरुको विवरण समेटी Who is Who in Science, Technology and Innovation of Nepal (Master's Degree Directory) समेत प्रकाशन गर्न लागेको छ ।

अतः स्वदेश वा विदेशमा रहेर विज्ञान र प्रविधिसँग सम्बन्धित विषयमा स्नातकोत्तर तह वा विद्यावारिधि उतीर्ण गरिसकेका नेपाली वैज्ञानिक एवं प्राविधिकहरूको आवश्यक तथ्याङ्क संकलनार्थ तयार गरिएको Database प्रणालीमा आवश्यक व्यक्तिगत विवरण उपलब्ध गराई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

कृपया यस अघिको Who is Who in Science, Technology and Innovation of Nepal (PhD Directory) का लागि विवरण पेश गरिसक्नु भएको छ भने पुनः पेश नगरिदिनु हुन अनुरोध गर्दछौं ।

Master’s Degree Directory
PhD Directory